Above Article Ad
  • सुदूरपश्चिममा भिटौला पर्व सुरु

    Above Article Content Ad
  • धनगढी- चैत महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भिटौला पर्व मनाउन थालिएको छ।

    भाइबहिनीबीचको माया र सम्बन्ध झल्काउने यस पर्वमा माइती पक्षका दाजुभाइले बिहे भइसकेकी दिदीबहिनीको घरमा पुगेर भेट्ने परम्परा रहेको छ।

    Article inline ad #1
  • यो परम्परा विशेषगरी बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुर जिल्लामा प्रचलित छ। सीमावर्ती भारतका केही गाउँहरूमा पनि भिटौला पर्व मनाउने चलन रहेको छ।

    Article inline ad #2

    चैत महिनामा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने भएकाले माइती पक्षले छोरीबहिनीको घरमा खानेकुरा र विभिन्न कोसेली लिएर जाने चलन पुरानै समयदेखि चल्दै आएको बताइन्छ।

    भिटौलोका अवसरमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा जस्ता सामग्री लगेर दिने गरिन्छ। माइतीबाट ल्याइएका कोसेली छिमेकीसँग बाँड्ने परम्परा पनि रहेको छ।

    तिहारको भाइटीकामा दिदीबहिनी माइत जाने र चैत महिनामा दाजुभाइले दिदीबहिनीको घरमा पुगेर भेट्ने चलनले भाइबहिनीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6