Above Article Ad
  • कैलालीमा काठ तस्करीमा संलग्न एक जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीको भारताल साझेदारी वन उपभोक्ता समूह भित्र काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। साझेदारी वन र सव–डिभिजन वन कार्यालय फूलवारीको संयुक्त गस्ती टोलीले सोमबार राति तस्करीमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरेको हो।

    पक्राउ पर्ने धनगढी–१५ का करण राना रहेको सवडिभिजन वन कार्यालय फूलवारीका प्रमुख कपिल रावलले जानकारी दिए। पक्राउ परेका रानामाथि वन ऐनअनुसार कार हुने प्रमुख रावलले बताएका छन्।

    Article inline ad #1
  • यस्तै सोही गस्ती टोलीले तस्करीका लागि प्रयोग गरिएका चार वटा मोटरसाइकल पनि नियन्त्रणमा  लिएको छ। काठ तस्करीमा प्रयोग गरिएका से. ३ प. २०६८, म.१.प–८५७८, सु.प.प्र ०१–०१३ प ०४०६ र से. १ प. ७५५९ नम्बरका मोटरसाइकल बरामद गरिनुका साथै काठ काट्न प्रयोग गरिएका हतियार र डोरी समेत नियन्त्रणमा लिइएको भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारीले जानकारी दिए।

    Article inline ad #2

    मोटरसाइकल छोडेर भागेका अन्य फरार व्यक्तिको खोजी कार्य जारी रहेको समेत   अध्यक्ष भण्डारीले जानकारी दिए। पछिल्ला दिनमा वन क्षेत्रभित्र काठ चोरी र तस्करीका घटना बढेपछि नियमित संयुक्त गस्ती संचालन गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6