धनगढी: कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन।
ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो। सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
आर्थिक वर्ष २०७९/८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो। कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि बताए।