Above Article Ad
  • पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिक सक्रियता

    Above Article Content Ad
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक सक्रियता देख्दा उदेक लागेको बताएका छन् ।
    आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘कहिलेकाहिँ रिस उठ्छ, चित्त पनि बुझ्दैन, लाज पनि लाग्छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेका व्यक्ति हुन् । त्यस्तो उच्च पदमा पुगेका व्यक्ति पार्टीको बैठकमा जाने, पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने मलाई यो उदेक लाग्छ, यो के हो अध्यक्ष महोदय ?’

    Article inline ad #1
  • राजनीतिमा सक्रिय भइराख्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारीमा जान नहुने उनको भनाइ छ । ‘राजनीति गरेर प्रधानमन्त्री भए हुन्थ्यो, राष्ट्रपति, उपराष्ट्रपति नभएको भए हुन्थ्यो । एउटा नैतिकता हुनुपर्छ । त्यो नैतिकता हामीले गुमाएका छौं,’ उनले भने ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन खोजिरहेकी छन् भने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा सहभागी भइरहेका छन् । माओवादी पदाधिकारी बैठकले पुनलाई उत्पादन विभागको जिम्मेवारी दिने निर्णय गरिसकेको छ । यसतर्फ संकेत गर्दै सांसद बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक सक्रियता देख्दा उदेक लागेको बताएका हुन् ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by