Above Article Ad
  • कञ्चनपुरका “पावरफुल” नेताहरुकै क्षेत्रमा महिना दिनदेखि नागरिकताबाट नागरिक बञ्चित

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको दक्षिणी क्षेत्रको सहजताका लागि राखिएको ईलाका प्रशासन कार्यालय त्रिभुुवनबस्तीमा महिना दिन देखि नागरिकता वितरण कार्य रोकिएको छ ।
    कञ्चनपुरका “पावरफुल” नेताहरुको क्षेत्रका रुपमा दक्षिणी क्षेत्रलाई मानिए पनि महिना दिन देखि नागरिकता प्राप्त गर्नबाट यस क्षेत्रका नागरिकहरु बञ्चित  हुँदा समेत समस्या समाधान हुन सकेको छैन् ।
    महिना दिन देखि नागरिक नागरिकताबाट बञ्चित भएको विषयमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङसँग बुझ्दा बारम्बार यस विषयमा पहल गरिरहेको, हिजो मात्रै गृहसचिवको सरुवा भएको भन्ने सुने, भोली फेरी एक पटक मन्त्रालयमा जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्य जिल्लाकै पावरफुल नेताका रुपमा मानिन्छन् । उहाँ यस अघि सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री पनि हुन् ।
    त्यस्तै, यसै क्षेत्रकी पूर्व प्रतिनिधि सभा सदस्य बीना मगर पनि पावरफुल नेतृ हुन् । तर उहाँसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उँहा हालका प्रधानमन्त्री पुष्पकमल दहाल“प्रचण्ड” की बुहारी हुन् ।
    उहाँहरुले पहल गर्दा गर्दै एक महिना सम्म पनि प्रशासन जस्तो कार्यालयको सेवाबाट नागरिक बञ्चित हुनु निकै लज्जास्पद र ठुलो बिडम्बनाको विषय भएको स्थानीयहरुको भनाई छ । तर केही स्थानीयहरुले भने समस्याका विषयमा कसै जनप्रतिनिधि र नेताहरुलाई चासो नभएको विश्लेषण छ ।
    यसक्षेत्रमा रहेका अन्य प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि पहुँच नभएको भने होईन तर एकले अर्कालाई पर्खेर नागरिकका समस्या माथी रमिता हेर्ने गरेको स्थानीयहरुको आरोप छ ।

    –दुई वर्ष देखि कार्यालयमा बिधुतको वैकल्पिक व्यवस्था छैन ?
    ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा करिब दुई वर्ष भन्दा बढि देखि बिधुतको वैकल्पिक व्यवस्था नहँदा पनि यस क्षेत्रका नागरिकहरुले समस्या खेप्दै आउनु परेको छ ।
    पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको नागरिकता बन्ने कार्यालयका रुपमा ईलाकालाई जिम्मेवारी भएपनि बिधुत अवरुद्ध हुँदा दैनिकै कामकाज ठप्प हुने गरेको छ । यस विषयमा तीनै पालिकाले उक्त समस्या समाधान गरिदिए नागरिकले बिधुत नहँदा पनि सरल रुपमा सेवा लिनसक्ने र कसैलाई पनि सास्ती नहुने स्थानीय युवा नन्दराज जोशीले भनाई छ । तर यसमा पनि कसैको चासो देखिन्न ।
    –दैनिकै फर्कन्छन् नागरिक ?
    नागरिकताका लागि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा तीनै पालिकाबाट आउने नागरिकहरु दैनिकै कार्यालयमा पुगेर फर्कने गरेका छन् ।
    सो कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कहिले नागरिकता बन्छ भन्ने विषयमा प्रष्ट जवाफ नहुँदा नागरिक दैनिकै फर्कने गरेका हुन् ।
    – जिम्मेवारीका विषयमा सिडियो नै अनविज्ञ ?
    ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी पाएका नासु डम्बर सिँह खड्काको समयावधी गृहमन्त्रालयले नथपेको एक महिना हुँदा पनि कहिेले जिम्मेवारी आउँछ भन्ने विषयमा कञ्चनपुरका सिडियो गोपाल कुमार अधिकारी पनि अनविज्ञ देखिन्छन् ।
    सिडियो अधिकारी भन्नुहुन्छ,“बेलाबेलामा जिल्लाबाट कर्मचारी पठाएर काम गराएका छौ । भोली देखि केहि दिन अझै जिल्लाबाटै पठाउँदै छौं । मन्त्रालयसँग बुझ्दा प्रक्रिया हुँदैछ भन्ने प्रतिक्रिया आएको छ ।”

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by