Above Article Ad
  • सशस्त्र प्रहरी बलमा तालिमरत इन्स्पेक्टरको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं: सशस्त्र प्रहरी बलमा तालिमरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु भएको घटना छानबिन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी)को संयोजकत्वमा समिति गठन भएको छ।

    सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

    Article inline ad #1
  • शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

    Article inline ad #2

    महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ।

    सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महत शौँचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनले तीन महिना अघि  इन्स्पेक्टरमा नाम निकालेकी थिइन्। उनी अविवाहित हुन्।

    उनी २०७२सालमा सशस्त्र प्रहरीकाे जवानमा भर्ना भएकी थिइन्। उनले २०७८सालमा असईमा नाम निकालेकी थिइन्। असईमा नाम निकालेकाे ३ वर्षपछि उनले इन्सपेक्टरमा नाम निकालेकी थिइन्।

    उनका बाबुआमा अस्ट्रेलियामा रहेको कारणले उनीहरु आएपछिमात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by