
“ईभाडा” वेबसाईटले बनायो घर भाडाको झन्झटबाट मुक्ति
काठमाडौं । नेपालमा घर तथा कोठा खोज्ने व्यक्तिहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको “ईभाडा”ले डिजिटल सेवाहरू विस्तार गरेको छ।
घर भाडामा दिने प्रक्रियालाई थप सहज, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यका साथ “ईभाडा” ले सोमबारबाट डिजिटल सेवा सुरु गरेको हो।
यसले घरधनी र घर भाडामा खोजिरहेका व्यक्तिहरूलाई डिजिटल सेवाको विस्तारसँगै सही जानकारीमा आधारित सेवा प्रदान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, “ईभाडा” ले घरधनी र बहालवालाले कागजी प्रक्रिया बिना नै प्लेटफर्ममै डिजिटल रूपमा बहाल सम्झौता गर्न सक्नेछन्, जसले समय र लागत दुवै बचत गर्ने विश्वास गरिएको छ।
हाल “ईभाडा” को सेवा काठमाडौं, पोखरा, चितवन, विराटनगर र बुटवल लगायत नेपालका प्रमुख शहरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आगामी दिनमा सेवा थप शहरहरूमा विस्तार गर्दै डिजिटल घरभाडा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताइएको छ।
यस वेबसाइटबाट घरधनीसँग सिधै च्याट मार्फत कुरा गर्न सकिने र बजारमा कोठाभाडामा खोजिदिने भन्दै विभिन्न रकम खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रियालाई पनि यसले सहज बनाउनेछ ।
“ईभाडा”को डिजिटल वेबसाईटलाई(www.ebhada.com) सासा ईन्फोसिस प्रा.लि.ले निर्माण गरेको हो ।















