
जुम्लाका अमर बिष्टद्वारा पुनर्वासको सिमरीका बाढी पिडितलाई खाद्यान्न सहयोग
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ सिमरीका बाढी प्रभावित परिवारलाई खाद्यान्न सहयोग भएको छ ।
शनिबार जुम्ला घर भई हाल काम विशेषले अमेरिकामा रहेका अमर बिष्ट “प्रतीक”द्वारा पुनर्वासको सिमरीका बाढी प्रभावितहरुलाई खाद्यान्न सहयोग भएको हो । जुम्लाका बिष्टले विन नामक संस्था मार्फत पुनर्वास नगरपालिका-२,अरनिकोबस्ती स्थित विजय गालिल चर्च र पुनर्वास नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेको पास्टर राजकुमार तामाङले जानकारी दिए ।
पास्टर तामाङले दिन,दुखी,गरिब र असहायहरुलाई सहयोग गर्नु ठूलो पुण्य हुने हाम्रो धार्मिक ग्रन्थ बाईबलमा उल्लेख भएको बताए । कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदम रोकायाले सहयोगी दाता र समन्वय कर्तालाई विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि तपाईहरुको सहयोगको अपेक्षा राखेको बताए । दोदा नदिले गरेको कटानका कारण सामान्य बाढी मा पनि सिमरी गाउँ डुबान पर्ने भएपछी पालिका र स्थानीयको सहयोग,सहकार्यमा केही दिनमै जैविक तटबन्ध गर्ने उनको भनाई छ ।
त्यस्तै,विपद व्यवस्थापन समितिका अध्यक्ष तिर्थ रानाले मनकारी दाता अमर बिष्ट र पत्रकार किशोर तामाङलाई जति प्रसंशा गरेपनी नपुग्ने बताए । जुम्लाका मनकारी व्यक्ति बिष्टले आगामी दिनहरुमा पनि विपदबाट समस्यामा परेका पुनर्वासीहरुका लागि आफू सहयोग गर्न तत्पर रहने जानकारी दिए । विपदबाट समस्यामा परेका पुनर्वासीहरुका लागि बिष्टले निस्वार्थ भावनाले यस अघि कोरोना माहामारी देखि स्वास्थ्य सामाग्रीसंगै खाद्यान्न वितरण गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad













