Above Article Ad
  • ‛नेवाः देय् दबू’ को जिल्ला अधिवेशन सकिएसंगै टुंगाईयो प्रदेश र महाधिवेशन प्रतिनिधि

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको ‛नेवाः देय् दबू’ को जिल्ला अधिवेशन पौष महिनामा सकिएसंगै प्रदेश र महाधिवेशन प्रतिनिधिको समेत टुंगो लगाएको छ ।

    तेस्रो जिल्ला अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय गठन गरेको थियो । जसमा कमिटिको वरिष्ठ उपाध्यक्षमा सरोज कुमार श्रेष्ठ, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष धन बहादुर श्रेष्ठ, महिला सचिव गंगा माया श्रेष्ठ, सचिव नरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गोवद्र्धन श्रेष्ठ र सदस्यहरुमा लाल बहादुर श्रेष्ठ, श्याम माया श्रेष्ठ, सुर्य कुमार श्रेष्ठ, सुब्बा श्रेष्ठ, कविराज श्रेष्ठ, पुष्पा श्रेष्ठ, तेज बहादुर श्रेष्ठ र शोभा श्रेष्ठ रहेका छन् ।

    Article inline ad #1
  • जिल्ला अधिवेशनसँगै फागुनमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा कल्पना श्रेष्ठ,लक्ष्मी श्रेष्ठ,कविराज श्रेष्ठ,धनबहादुर श्रेष्ठ र गंगामाया श्रेष्ठलाई चयन गरिएको थियो । त्यस्तै, सुदुरपश्चिमको कञ्चनपुरको महेन्द्रनगरमा चैत महिनामा हुने आठौं केन्द्रिय महाधिवेशनको प्रतिनिधिका रुपमा एककुमार श्रेष्ठ,प्रकाश श्रेष्ठ,सरोज कुमार श्रेष्ठ,दिपक कुमार श्रेष्ठ र गोवद्र्धन श्रेष्ठलाई चयन गरिएको हो ।

    Article inline ad #2

     

    महिला सचिव गंगामाया श्रेष्ठको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रकाश श्रेष्ठको सभापतित्व तथा नेवाः देय् दबू’ केन्द्रिय कार्यसमितीका उपाध्यक्ष विकास श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा ‛नेवाः देय् दबू’ सुदूरपश्चिम प्रदेशका अध्यक्ष विजेन्द्र कायस्थ, केन्द्रिय कार्यसमितिका सदस्य पुनम श्रेष्ठ तथा केन्द्रिय पूर्व उपाध्यक्ष एक कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघका सुदूरपश्चिम प्रदेश समन्वय परिषदका उपाध्यक्ष गंगा योञ्जन, आसिन हुनुहुन्थ्यो । त्यसैगरी,अतिथिहरुमा ‛नेवाः देय् दबू’ को प्रदेश तथा कैलाली र कञ्चनपुर जिल्ला समिती, बेलौरी नगरपालिका तथा पुर्नवास नगरपालिका बाट नगर समिती र बेलौरीबाट भैरव देव गुठी,कञ्चन नेवा समाज गुठी र भिमसेन देव गुठीका प्रतिनिधि समेत रहनुभएको थियो ।

    बेलौरीमा भव्यताका साथ सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपक कुमार श्रेष्ठले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by