Above Article Ad
  • बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

    Above Article Content Ad
  • बाजुरा-जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन्।

    छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ। बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएकोे  जानकारी दिइन्।

    Article inline ad #1
  • महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरुलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन्।

    Article inline ad #2

    उनका अनुसार महिनाबारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो।

    वडामा रहेका जिल्ली, ढम्कने, सुनकाना, सिराडी, रजातोली टोलमा स्थानीयले महिला महिनाबारी भएका बेला बस्ने घरभन्दा टाढा बनाइएका गोठको अनुगमन गरी भत्काइएको थियो।

    वडामा पटक पटक जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारसहित बाल क्लव, महिला आमा समूहले अनुगमनसँगै वडाका प्रत्येक टोलमा रहेका महिला आमा समूह र बालक्लवको सक्रियतापछि वडालाई पालिकाको चारऔँ वडाका रूपमा छाउपडी गोठमुक्त घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडामा रहेका नागरिकले बनाएका छाउपडी गोठ प्रयोग विहीन र भत्काइएको हो। वडामा रहेका पहिलो चरणको अनुगमनमा १८ वटा छाउ गोठ भेटिएको र दोस्रो चरणमा १२ छाउगोठसहित ३० वटा छाउगोठ रहेको तथ्याङ्क वडाले सार्वजनिक गरेको छ।

    नगरपालिकालाई नै छाउपडी गोठमुक्त पालिका घोषणा गर्ने गरी वडामा रहेको गोठको न्यूनिकरण गरी वडामा छाउ गोठलाई निरुपण गर्ने गरी पालिकाले काम गर्दै आएको छ।

    यस्तै वडा नम्बर १ मा स्थानीय महिला समूह, बाल क्लव, विद्यार्थीसहितको सक्रियतामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको वडा सचिव इश्वरी कार्कीले बताए।

    पालिकासहित सरोकारवाला निकायको गोठको अनुगमन, स्थानीयलाई छाउपडी प्रथा विरुद्धको सचेतना, अभिमुखीकरण र जनचेतना कार्यक्रम गर्दै उनीहरुको सक्रियतामा नै गोठमुक्त गरिएको वडा सचिव कार्कीले बताए।

    घोषणा कार्यक्रममा विभिन्न झाँकी, देउडा र सडक नाटक प्रदर्शन गरिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6