Above Article Ad
  • कञ्चनपुरकमा एक महिनादेखि जङ्गली हात्तीको आतङ्क

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरका विभिन्न मानव बस्तीमा पछिल्लो एक  महिनादेखि  जङ्गली हात्तीको आतङ्क बढ्दै गएको छ ।

    हालै मात्र कृष्णपुर नगरपालिका–१ दोमिल्ला र शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा जङ्गली हात्तीले बस्ती र खेती बालीमा लगातार क्षति पुर्‍याइरहेको छ । गाउँलेहरू दैनिक जसो रातभर हात्ती भगाउन लागिरहन्छन् । उनीहरू होहल्ला गर्ने, हर्न बजाउने, सिट्ठी बजाउने राँको बाल्ने, पटाका पड्काउने थाल ठटाउने जस्ता अभ्यास गरेर हात्ती भगाउने गर्दछन् ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    त्यति गर्दा हात्तीको बथान जङ्गल तिर जाने गरे पनि पुनः अर्को राति त्यसै गरी खेतबारीमा पसेर नोक्सान पुर्‍याउने गरेको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका स्थानीय बासिन्दा अम्बा दत्त जोशीले जानकारी दिनुभयो । हात्तीले केही घर गोठमा पनि क्षति पुर्‍याएको छ, साथै पिउने पानीका पाइप समेत भाँचिदिएको छ, जसले दैनिक जनजीवन प्रभावित बनेको छ । सामुदायिक वनका अनुसार हालसम्म २७ परिवारको १० बिघा धान बाली र मकै बालीमा हात्तीले क्षति पुर्‍याएको छ ।

    भदौ ८ गते राति कृष्णपुरको पुतली बजार टोलमा स्थानीय गणेशप्रसाद भाटको घर हात्तीले भत्काएको थियो । घरभित्र राखिएको धान, गहुँ र अन्य खाद्यान्न समेत नष्ट गरेको बताइएको छ । वर्षातको समयमा भारतीय दुधुवा नेशनल पार्कमा पानी बढेसँगै हात्तीका बथान नेपाली बस्तीमा प्रवेश गर्ने गर्छन् । बस्तीमा मानवीय र भौतिक क्षतिको जोखिम बढ्दै गएको छ । स्थानीय प्रशासनसँग तत्काल कदम चाल्न आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6