
पुनर्वासको ब्राइट बिचफाँटा बोर्डिङ स्कुलको ११ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा अवस्थित ब्राईट बिचफाँटा बोर्डिङ स्कुलको ११ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सोमबार सामुदायिक तथा निजि बिधालयको आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता, चित्रकला, गणितीय दौड र स्मरण दौड लगायतका कार्यक्रम गर्दै स्कुलको ११ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
सामुदायिक तथा संस्थागत १३ बिद्यालयको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा आदर्श इङ्लिश बोर्डिङ स्कुल प्रथम, समशिक्षा इन्टरनेशनल निकेतन दोस्रो र ब्राइट बिचफाँटा इङ्लिश स्कुल तेस्रो भएको बिधालयका संस्थापक ईश्वर बुढाले जानकारी दिए । त्यस्तै चित्रकला प्रतियोगितामा सिताबस्ती पब्लिक स्कुल प्रथम, ब्राइट बिचफाँटा इङ्लिश स्कुल दोस्रो र खप्तड इङ्लिश स्कुल तेस्रो भएका छ ।
त्यसैगरि स्मरण दौडमा समशिक्षा इन्टरनेसनल निकेतन प्रथम,ब्राइट बिचफाँटा इङ्लिश स्कुल दोस्रो र खप्तड इङ्लिश स्कुल तेस्रो भयो भने गणितीय दौडमा ब्राइट बिचफाटा इङ्लिशस् कुल प्रथम, खप्तड इङ्लिश स्कुल दोस्रो र अरेन्ट इङ्लिश स्कुल तेस्रो भएको छ ।