Above Article Ad
  • थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

    Above Article Content Ad
  • काठमाडौंः त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत घरेलु टोली नेपाललाई थाइल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

    Article inline ad #1
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन जोडेको हो। थाइल्याण्डका लागि चनिदा सुथिरुङले सर्वाधिक २७ रन तथा थिपाच्चा पुथावाङले २५ रन जोडे। उनीहरु दुवै नटआउट रहे। बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन्। प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ।

    Article inline ad #2

    नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्ड भने तीन वटै खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by