Above Article Ad
  • कञ्चनपुरमा आफैमाथि गाेली प्रहार गरेका प्रहरी जवान विष्टकाे मृत्यु

    Above Article Content Ad
  • महेन्द्रनगर -कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानले आफैलाई गोली प्रहार गरी घाईते रहेकाकाे उपचारकामा मृत्यु भएकाे छ ।  प्रहरी जवान वकिल विष्टले माघ ९ गते बुधबार राती डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेर घाईते रहेकाकाे शुक्रबार उपचारकै क्रममा मृत्युु भएकाे हाे ।

    प्रहरी जवान विष्ट सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए ।गोली प्रहारबाट गम्भीर घाईते भएका बिष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।

    Article inline ad #1
  • महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले धनगढीकाे निशर्ग अस्पतालमा रेफर गरिएको थियाे ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक उमेश जाेशीका अनुसार आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको उपचारका क्रममा शुक्रबार दिउसाेनै मृत्युु भएकाे बताउनु भयाे । उहाँका अनुसार विष्टकाे टाउकोमा गाेलीकाे गम्भीर चोट लागेकाले उपचारकै क्रममा मृत्यु भएकाे बताए ।  घटनाबारेमा थप अनुसन्धान भईरहेकाे उनले बताए ।

    यसअघि महिना पाैस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले ठिक अवस्थामा छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by