Above Article Ad
  • कैललाीमा एकै दिन आठ जना लागुऔषधसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी – कैललाीमा एकै दिन आठ जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलाली र मातहतका प्रहरी कार्यालयहरूले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेका हुन्

    नेपाल प्रहरीले धनगढी उपमहानगरपालिका–१३ झलारीबाट सोही ठाउँका २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र एक १८ वर्षीय किशोरलाई लागुऔषधसहित शनिवार पक्राउ परेको छ। उनीहरूको साथबाट एक ग्राम ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कार्यालय, धनगढी र प्रहरी चौकी कैलालीगाउँको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो।

    Article inline ad #1
  • कैलालीको लम्की–चुहा नगरपालिका–१ थपालिपुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। थपालिपुरका २४ वर्षीय दिनेश बुढा र ललित रानाक्षेत्री चार सय २० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीको टोलीले पक्राउ गरेको हो।

    Article inline ad #2

    इलाका प्रहरी कार्यालय, लम्कीको टोलीले नै शनिवार जानकी गाउँपालिका–३ लायकपुरका २४ वर्षीय जगदीश साउँदलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ। उनलाई एक सय ३० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो। लम्की–चुहा नगरपालिका–१ पायनियर्स बोर्डिङ स्कुल क्षेत्रबाट उनी पक्राउ परेका हुन्।

    यस्तै, घोडाघोडी नगरपालिका–१२ का २५ वर्षीय डेबिठ कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी पाँच सय ४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय, भजनीको टोलीले उनीहरूलाई भजनी नगरपालिका–९ पचमोडीयाबाट शनिवार पक्राउ गरेको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by