
बैतडीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु
Above Article Content Ad
धनगढी – बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनायाका ४० वर्षीय लक्ष्मण दयालाको अरिङगारको टोकाइबाट मृत्यु भएको हो।
Article inline ad #1
मकैको पुली बनाउनै काट्न गएका बेला दयालालाई गत भदौ २२ गते अरिङ्गाललाई टोकेको थियो। काठ काट्ने क्रममा दयालालाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए।
Article inline ad #2
भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो। उपचार सफल नभएको भन्दै भदौ २७ गते उनलाई अस्पतालबाट घर फर्काइएको थियो। उनको शनिवार मृत्यु भएको हो। मृतक दयालाको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको मृत्यु भएपछि बिनायामा शोकमग्न भएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















