Above Article Ad
  • ‘ईयू’ चुनावमा आफ्नो दलले हारेपछि बेल्जियमका प्रधानमन्त्रीको राजीनामा

    Above Article Content Ad
  • एजेन्सी- हिजो सम्पन्न युरोपेली युनियन ९ईयू० को चुनावमा आफ्नो दलले पराजय भएपछि बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले राजीनामा दिएका छन् ।

    क्रुले प्राप्त नजिता आफूले आशा गरेको जस्तो नरहेको भन्दै अब पार्टीको सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताएका सीएनएनले जनाएको छ । राजीनामाको घोषणा गर्दै डे क्रुले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको उचित हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Article inline ad #1
  • यसैबीच संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोँले संसद्को तल्लो सदन विघटन गरी नयाँ चुनावको घोषणा गरेका छन् । मध्यावधि चुनाव जुन ३० र जुलाई ७ का लागि तोकिएको छ ।

    Article inline ad #2

    इटालीमा मतदान भएसँगै युरोपेली सङ्घका २७ सदस्य देशमा चुनाव सकिएको छ । युरोपेली सङ्घमा झन्डै ४० करोड मतदाताले आर्कटिक सर्कलदेखि अफ्रिका र एशियाको सिमानासम्म फैलिएको युरोपेली संसद्का सात सय २० जना सदस्य चयन गर्नेछन् ।

    चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वैश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ । सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भू–राजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button