Above Article Ad
  • धनगढीमा युवतीको अश्लील भिडिओ बनाएपछि मोबाइल ग्यालरी सञ्चालक पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित एक १४ वर्षीय बालक पक्राउ परेका छन् ।

    युवतीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा पसल सञ्चालक धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने बालक पक्राउ परेका हुन् ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले उनीहरुले पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनी युवतीको अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको बताए ।

    Article inline ad #2

    डिएसपी बोहराकाअनुसार मोबाइलमा युवतीको फोटोमा अश्लील फोटो जोडेर भिडिओ बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    पीडित युवतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button