Above Article Ad
  • पुनर्वासमा कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीका सदस्यहरुले गरे अबलोकन तथा राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला बिच भेटघाट

    पुनर्वास नगरपालिकाले बुझायो यस क्षेत्रका समस्या समाधानका लागी १० बुदे ज्ञापन पत्र

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका समुदाय, जनप्रतिनिधि तथा अन्य सरोकारवाला बिच कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीका सदस्यहरुसंग भेटघाट तथा अवलोकन कार्यक्रम भएको छ । संसदीय समितीले भारतीय दुधवा राष्ट्रिय निकुञ्ज संग जोडीएका पुनर्वासको वडाहरुमा अवलोकन समेत गरेको छ । यसक्षेत्रमा जंगली जनावरले पारेको असर र त्यसबाट प्रभावितहरुले भोग्नुपरेको समस्याहरुको बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरीएको हो । फिल्ड अवलोकन पश्चात पुनर्वास नगरपालिकामा राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रका समुदाय, जनप्रतिनिधि तथा अन्य सरोकारवाला बिच कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीका सदस्यहरुले छलफल समेत गरेका छन् ।
    छलफल कार्यक्रममा कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीलाई पुनर्वास नगरपालिकाले ज्ञापन पत्र समेत बुझाएको छ । यस क्षेत्रका समस्याहरु समाधानका लागी १० बुदे ज्ञापन पत्र बुझाएको पालिकाका अधिकृत शंकर बोगटीले जानकारी दिनुभयो । उहाँले दुधवा नेसनल पार्कका साथै लालझाडी बन क्षेत्रबाट आउने जंगली जनावरहरुको आतंक न्यूनिकरण गर्न सिमा क्षेत्र लगायत लालझाडी बन क्षेत्र तर्फ आधूनिक किसिमको विद्युतिय तारबार लगाउनुपर्ने र समय समयमा हुने सिमा बिबाद र भारतीय सुरक्षा बलले सृजना गर्ने समस्याको दिगो समाधान यथासक्य चाडो भन्दा चाँडो गर्नुपर्ने मुख्य माग पालिकाको रहेको बताउनुभयो ।
    सिमा सचेतना अभियान सञ्चालनका लागि ताहाँबाट आर्थिक प्राविधिक सहयोग हुनुपर्ने, सस्तोमा बिक्रि हुने भारतिय खाध्य सामाग्रीहरुको विस्थापितका लागि किसानहरुलाइ उत्पादनमा सहुलियतका साथै अनुदानको ब्यवस्था मिलाउन पूर्ण रुपमा आर्थिक सहयोग हुनुपर्ने, प्रभाबित जनता तथा यूवाहरुलाई प्रत्यक्ष रोजगारी सृजना हुने खालका कार्यक्रम सञ्चालन गरीनु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरीएको छ।
    उत्पादित बस्तुको सहज बजारीकरणका लागि सडक पूर्वाधारको साथै बोर्डर कोरीडोर बिकास हुनु पर्ने, किसानहरुलाई कम लागतमा उत्पादनमा बृद्धि गर्न विद्युतिय सिचाई पर्याप्त मात्रामा हुनु पर्ने जस्का लागि आवश्यक भोल्टेज सहितको विद्युत विस्तार हुनुपर्ने र किसानहरुले सहज रुपमा सिचाइ मिटर पाउने व्यवस्था मिलाउन आवश्यक सहजिकरण गर्नुपर्ने माग गरीएको छ ।
    प्याराराताल, कोटीहोम, थारु संग्राहालय आदीको पर्यटन पुर्बाधार निर्माणमा आवश्यक आर्थिक तथा प्राबिधिक सहयोग गर्नुपन, कृषि सहकारी मार्फत सामुहीक कृषि उत्पादनमा जोड दिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने र किसानलाइ बिद्युत्तिय सिचाइ तथा मलखादको ब्यवस्था हुनुपर्ने विषयहरु ज्ञापन पत्रमा उल्लेख रहेको उहाँले बताउनुभयो ।
    कार्यक्रममा वोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वासको प्राय सबै वडाहरु वन क्षेत्रसंग जोडीएको र सो क्षेत्रका किसानले जंगली जनावरबाट हैरानी खेप्न बाध्य बनेको बताउनुभयो । किसानको हैरानीमा फियान नेपालको सहयोगले केही ठाउँमा विद्युतीय तारबार लगाएको भएपनी त्यो प्रयाप्त नभएको उहाँले बताउनुभयो । भारतीय दुधवा राष्ट्रिय निकुञ्ज, लालझाडी वन क्षेत्र र दोदा नदीको कटानको चपेटामा यहाँका जनता परेको उहाँले बताउनुभयो । पुनर्वास आफैमा कृषीक्षेत्र भएको तर सिचाँइको अभाबले काम गर्न नसकेकाले सरकार तथा संसदीय समितीले यी समस्या समाधानका लागी पहल गर्नेमा आफु ढुक्क भएको उहाँले बताउनुभयो ।

    यस्तै कार्यक्रममा बोल्दै कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले कञ्चनपुरका उखु किसानका अनुदान छुटेको समस्यामा, भारतीय दुधवा राष्ट्रिय निकुञ्ज र दोदा नदीले पारेको असरबारे सरकारको ध्यानकर्षण गराउन जरुरी रहेको बताउनुभयो । शुक्लाफाँटा आरक्ष र भारतीय दुधवा राष्ट्रिय निकुञ्ज र लालझाडी वन क्षेत्रको चपेटा संगै सिमा बिवाद तथा दोदा नदीको कटानले यहाँका नागरीकलाई परेको असरहरुको बारेमा उहाँले बताउनुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीका सदस्य तथा प्रतिनिधि सभा सदस्य रुपा बिकले आफुहरुले अवलोकन गरेका धेरै ठाउँहरुको समस्या उस्ताउस्तै रहेपनी पुनर्वासको हकमा केही फरक देखीएको बताउनुभयो । किसानले उतपादन गरेका वस्तुहरुले बजार नपाएको र भारतीय क्षेत्रबाट खुल्लमखुल्ला सामानहरु भित्रिएकोले सोको रोकथामका लागी सरकारले नै किसान र कृर्षी क्षेत्रलाई राज्यको लगानी आवश्यक रहेको बताउनुभयो । स्थानीय किसान, मजदुरले नै भोट हालेर संसदमा पठाउने तर तिनै किसान, मजदुरका लागी कसैले नसोचेको भन्दै यस बिषयमा संसदीय समिती लगायत सदनमा आफुले कुरा गर्ने बताउनुभयो ।
    यस्तै कार्यक्रममा कृषी सहकारी तथा प्राकृतीक श्रोत ब्यवस्थापन संसदीय समितीका संयोजक तथा प्रतिनिधि सभा सदस्य सुर्य प्रसाद ढकालले राजनीतिक परिवर्तन संगे आर्थीक परिवर्तन गर्न नसक्दा देशब्यापी रुपमा नै निरासा छाएको उहाँले बताउनुभयो । जनतामा देखीएको निरासालाई आशामा बदल्न आफुहरुले अगुवाइ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नागरीकको आर्थीक र सामाजीक परिवर्तन गर्न प्रत्येक नागरीकको भुमीका रहेको बताउनुभयो । किसानको समस्याहरु हल गर्न सरकारलाई पहिल्यै ने सुझाब पेश गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका नागरीकले भोग्नु परेको दोहोरो समस्या समाधानका लागी सरकारले सोच्न आवश्यक रहेको सरकारको प्रभावकारी भुमीका आवश्यक रहेको बताउनुभयो । जंगली जनावरका कारण बढेको द्धोन्द्ध नियन्त्रणका लागी पनी आफ्नो समितीले काम गरेको उहाँले बताउनुभयो । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, ससस्त्र प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । यस कार्यक्रमको सहजिकरण फियान नेपालले गरेको थियो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button