Above Article Ad
  • पुनर्वास नगरपालिकामा विपद व्यवस्थापन समिति बैठक

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकामा शनिबार बसेको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बर्खायाममा उत्पन्न हुन सक्ने विपद जोखिम न्यूनीकरणका लागि चारवटा महत्वपूर्ण निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान अनुसार यस क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना देखिएकाले पालिकाले अग्रिम तयारीका लागि सक्रियता देखाएको हो।

    Article inline ad #1
  • पालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालका अनुसार, बाढीबाट प्रभावित हुनसक्ने सम्भावित घरधुरीहरूलाई आवश्यक राहत सामग्री (खाद्य तथा गैरखाद्य) आपूर्ति गर्नका लागि सूचीबद्ध आपूर्तिकर्ताहरूबाट दररेट संकलन गरी न्यूनतम दर स्वीकृत गर्न नगर कार्यपालिकाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

    Article inline ad #2

    त्यसैगरी, पूर्वानुमानमा आधारित पूर्वकार्य तथा विपद्को समयमा प्रभावकारी प्रतिकार्यका लागि विकास साझेदार संघ–संस्थाहरू, संघीय, प्रदेश र जिल्ला स्तरका विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

    उच्च संकटमा पर्ने सम्भावित वडाहरू र समुदायलाई समयमै पूर्वसूचना प्रदान गर्न र जोखिम न्यूनीकरणका उपायहरू अपनाउन सुरक्षा निकाय, वडा कार्यालय र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा रहन पनि समितिले निर्देशन दिएको छ।

    साथै, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाका सबै विषयगत शाखाहरूलाई आवश्यक पूर्वतयारीका साथ सतर्क अवस्थामा रहन अनुरोध गरिएको पुनर्वास नगरपालिकाले जनाएको छ।

    पालिकाले विपद्को जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा सबै सरोकारवालाको सहकार्यलाई महत्वपूर्ण मानेको र आगामी दिनमा अझ प्रभावकारी व्यवस्थापनका लागि निरन्तर पहल गरिने प्रतिबद्धता जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6