Above Article Ad
  • त्रिभुवनबस्तीका ट्राफिक प्रमुख हवल्दार जीवन भण्डारीलाई उत्कृष्ट प्रहरी अवार्ड

    Above Article Content Ad
  •  पुनर्वास – कंचनपुरको पुनर्वासमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख जिम्मेवारी सम्हालेका हवल्दार जीवन भण्डारीलाई उत्कृष्ट प्रहरी अवार्ड दिईएको छ ।

    बुधबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ” प्रबिधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता” भन्ने कार्यालयको मुल नारालाई आत्मसाथ गर्दै बिभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तब्यनिष्ठ, अनुशासित, लगनशिल भई गरेको कार्यको मुल्यांकन गर्दै हवल्दार भण्डारीलाई श्रावण महिनाको उत्कृष्ट अवार्ड दिईएको हो ।

    Article inline ad #1
  • पोष्टका प्रमुख हवल्दार सहितको टिमले सवारी दुर्घटना न्यूनिकरणका लागी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न ट्राफिक जनचेतनामुलक कार्यक्रम, सडक सुरक्षा, सहज सवारी आवागमन तथा व्यवस्थापन समेतमा अग्रसर रही सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरी कार्यालय सञ्चालनमा सहजिकरण भुमिका निर्वाह गर्नुका साथै सड़क सुरक्षा एवं सुरक्षित यात्रामा सडक प्रयोगकर्ताहरुलाई जनचेतनामुलक सन्देश प्रवाहमा गरेको अबैध रुपमा चोरी पैठारी भई सञ्चालनमा रहेका सवारी साधनहरुको खोजतलास कार्यमा उल्लेखनिय भुमिकाका साथै ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिई नियमानुसार आवश्यक कार्वाहीबाट राजश्वमा पनि वृद्धि गरिएको विषय कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

    Article inline ad #2

    त्यस्तै सवारी दुर्घटना न्युनिकरण तथा रोकथामका लागि चालकसंग १ मिनेट कार्यक्रम, स्कुल सम्पर्क कार्यक्रममा अग्रसर रहि सहज सवारी आवागमन गरि प्रभावकारी ट्राफिक व्यवस्थापन गर्ने कार्यमा उल्लेखनिय भुमिका निर्वाह गरेपछि प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को उपनियम (ख) ले दिएको अधिकार प्रयोग गर्दै प्रोत्साहन स्वरुप आठ सय नगद पुरस्कार र प्रमाणपत्रले विशेष कार्यक्रमका बीच हवल्दार भण्डारीलाई सम्मान गरिएको विषय पत्रमा थप लेखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button