Above Article Ad
  • धनगढीका सिंहको हत्या : घटनाको १५ वर्षपछि छोरा पक्राउ, बुवा अझै फरार

    Above Article Content Ad
  • धनगढी-धनगढीमा एक जनाको हत्या गरेर १५ वर्षदेखि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पवन श्रेष्ठ रहेका छन्।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरसँगको समन्वयमा खटिएको फैसला कार्यान्वयन टोलीले श्रेष्ठलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित लोकल भाले होटलबाट पक्राउ गरेको हो।

    श्रेष्ठ धनगढी उपमहानगरपालिका–८ स्थित नवदुर्गा मन्दिरमा भएको कुटपिटपछि सुरेन्द्रबहादुर सिंहको मृत्युु प्रकरणमा अदालतबाट दोषी ठहर भएका थिए ।

    Article inline ad #1
  • प्रहरीका अनुसार १८ मंसिर २०६८ मा नवदुर्गा मन्दिरमा यज्ञ सञ्चालन भइरहेका बेला सिंह माथि सुवर्ण श्रेष्ठ र उनका छोरा पवन श्रेष्ठले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा २७ मंसिरमा मृत्यु भएको थियो।

    Article inline ad #2

    घटनाभन्दा केही समयअघि पवनले मृतक सिंहकी नाबालिग छोरीलाई विवाह गर्ने भन्दै भगाएर लगेको विषयमा प्रहरीमा उजुरी परेको थियो। नाबालिग भएकाले उनलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको थियो। यही विषयलाई लिएर श्रेष्ठ परिवार र सिंहबीच विवाद थियो ।

    प्रहरीका अनुसार सोही विवादका कारण पवनले सुरेन्द्रबहादुरलाई ज्यान मार्ने धम्कीसमेत दिँदै आएका थिए। त्यसपछि यज्ञ सञ्चालन भइरहेका बेला उनीमाथि कुटपिट भएको थियो। कुटपिटपछि सिंहको मृत्यु भएको थाहा पाएलगत्तै पवन भारत फरार भएका थिए।

    उनी २०७३ माघ १६ गतेदेखि २०७४ वैशाख १६ गतेसम्म करिब तीन महिना थुनामा बसेका थिए।
    यो मुद्दामा जिल्ला अदालत कैलालीले २५ मंसिर २०७४ मा श्रेष्ठलाई दोषी ठहर गर्दै जन्मकैद अर्थात् २० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेको करिब १५ वर्षपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको छ। घटनामा संलग्न उनका बुवा तथा कलाकार सुवर्ण श्रेष्ठ भने घटनाकै दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6