Above Article Ad
  • पुनर्वासमा मनाईयो २८५९ औं तामाङ सोनाम ल्होछार पर्व

    Above Article Content Ad
  • पुनर्वास \कञ्चनपुरको पुनर्वास नगरपालिका–१० र ११ मा तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ औं सोनाम ल्होछार भब्य रूपमा मनाईएको छ ।
    नेपाल तामाङ घेदुङ संघ बौद्ध थार्पालिङ छेक्पो गुम्बा पुनर्वासले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले बिबिधताले परिचित पुनर्वासलाई पर्यटकिय क्षेत्र विकासका लागि नेपाल तामाङ घेदुङ संघको गुम्बा धार्मिक महत्व रहन सक्ने कुरामा जोड दिनुभयो ।
    पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको पुनर्वासमा बिबिध जातजाति तथा धर्म संस्कृतिको जगेर्ना गर्न सकिएमा बाह्य एबं आन्तरिक पर्यटन भित्र्र्याउनमा टेवा पुग्ने हुंँदा प्रदेश सरकारमा आफुले बिशेष पहल गर्ने माननीय थापाले बताउनुभयो ।
    नेपाल तामाङ घेदुङ संघ बौद्ध थार्पालिङ छेक्पो गुम्बा पुनर्वासका अध्यक्ष नत्थुराम श्याङदङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि माननीय वीर बहादुर थापा रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथिमा नेपाल तामाङ घुदुङ संघ पुर्व केन्द्रीय सदस्य भिम बहादुर गोले , घेदुङ संघ कञ्चनपुर जिल्ला कार्यसमिति अध्यक्ष भिम बहादुर श्याङदङ र पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसि अर्याल लगायत व्यक्तित्वहरु आसिन रहनुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button