Above Article Ad
  • आज देशभर विश्वकर्मा पूजा मनाइँदै

    Above Article Content Ad
  • काठमाडौँ-आज असोज १ गते देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित विश्वकर्मा पूजा मनाइँदै छ।

    समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको धार्मिक विश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ।

    Article inline ad #1
  • विश्वकर्मा पूजाका अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आफ्ना मेसिनरी सामान तथा औजारहरूको सरसफाइ गरी विशेष पूजा गर्ने परम्परा छ।

    Article inline ad #2

    धार्मिक मान्यताअनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सिर्जना र पालनको जिम्मेवारी दिएका थिए। सृष्टि निर्माणको कार्य सम्पन्न गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएको धार्मिक कथन पाइन्छ।

    विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा समेत मानिन्छ। पौराणिक कथनअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए। उनका प्रमुख कृतिहरूमा सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका, द्वापरयुगको द्वारिका तथा कलियुगको जगन्नाथ मन्दिरका विशाल मूर्तिलाई उल्लेख गरिन्छ।

    धार्मिक विश्वासअनुसार भगवान् विश्वकर्माले कृष्णको द्वारका, पाण्डवको मयसभा तथा देवताका विभिन्न हातहतियारसमेत निर्माण गरेका थिए। ऋग्वेदका ११ वटा ऋचामा समेत भगवान् विश्वकर्माको महिमा वर्णन गरिएको पाइन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6