
कर्णाली पुलबाट हाम फालेका बेपत्ता लोकेन्द्र शाहीको शव टिकापुरमा भेटियो
Above Article Content Ad
पुनर्वास–चैत १२ गते होली पर्वका दिन कर्णाली पुलबाट नदिमा हाम फालेका १७ जना मध्ये बेपत्ता लोकेन्द्र शाहीको शव फेला परेको छ ।
बेपत्ता ३२ वर्षिय शाहीको चार दिनपछि टिकापुरको सन्कट्टी घाटमा फेला परेको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
डिएसपए अधिकारीका अनुसार शव भेटिएको खबर मृतक शाहीका आफन्तहरुबाट आएपछि प्रहरी घटनास्थल तर्फ लागेको बताईएको छ ।
बेलौरी नगरपालिका–१, बैशाखी घर भएका मृतक शाही लम्कीमा तरकारी फलफुल व्यवसाय गर्दै आएका थिए । उनी घरका चार भाई मध्येका जेठा हुन् । उनका ४ वर्षिय एक छोरा र एक वर्षिय एक छोरी छन् ।
शाही वेपत्ता पछि सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयहरुको खोजी कार्य निरन्तर थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad