
पुनर्वास–५ वडा कार्यालयद्वारा न्यु भानु युवा क्लबलाई खेलकुद सामाग्री सहयोग
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका वडा ५ कार्यालयद्वारा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
पुनर्वास नगरपालिका–५ कै न्यु भानु युवा क्लबका अध्यक्ष पदम थापालाई एक कार्यक्रमका बीच वडा कार्यालयले जर्सी र खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
क्लबले पुस २६ गतेबाट आयोजना गर्ने गोल्ड कप प्रतियोगितामा खेलाडीहरुको मनोबल उच्च बनाउन सहयोग गरेको वडाध्यक्ष पदम बहादुर रोकायाले जानकारी दिनुभयो ।
वडाध्यक्ष रोकायाले कञ्चनपुरकै सर्वाधिक धनराशीको गोल्ड कप फुटबल प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सुदुरपश्चिम फुटबल संघका सदस्य खगेन्द्र ओझा,निर्वतमान वडाध्यक्ष विरबहादुर बोगटी,वडा सदस्यहरु,क्लबका पदाधिकारी लगायतको सहभागिता थियो । भने कार्यक्रमलाई सहजीकरण वडा सचिव रामराज जोशीले गनर्रभएको थियो ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad