Above Article Ad
  • कैलालीमा किरा मार्ने विषादी सेवन गरेकी एक किशोरीको ज्यान गएको छ भने अर्की युवतीको उपचार हुँदै

    Above Article Content Ad
  • धनगढी: कैलालीमा किरा मार्ने विषादी सेवन गरेकी एक किशोरीको ज्यान गएको छ भने अर्की युवतीको उपचार भइरहेको छ।

    घोडाघोडी नगरपालिका–३ निम्बीकी १६ वर्षीया भावना विष्टले किरा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।

    Article inline ad #1
  • यस्तै, धनगढी उपमहानगरपालिका–१३ की १८ वर्षीया दिपा बलायरले पनि किरा मार्ने विषादी सेवन गरेकी छिन्। गम्भीर अवस्थामै अस्पताल पुर्‍याइएकी बलायरको हाल माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    विषादी सेवनको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button