Above Article Ad
  • दाहालद्वारा सञ्चालनमा आयो “FIND BLOOD NEPAL” (भिडियो सहित)

    Above Article Content Ad
  • काठमाडौं– शरिर सञ्चालनको अनिवार्य बस्तुका रुपमा रगतलाई बुझ्ने गरिन्छ । रगतको आवश्यक्ता जस्लाई पर्छ उसैलाई मात्रै थाहा हुन्छ । के चिज हो रगत ? रक्तदानका विभिन्न शिविर सञ्चालन भईरहेका हुन्छन् । तर पनि कयौं बिरामीलाई रगतको अभाव भईरहेको देख्छौं । यस्ता अभाव र समस्यालाई दुर गर्न नेपालमै पहिलो एक “फाईन्ड ब्लड नेपाल”अनलाईन वेबसाईट बनेको छ । जसका माध्यमबाट सहज रुपमा चाहेको स्थान र समयमा रगतको समस्या समाधान गर्न सकिन्छ । नेपालमा देखिएको बढ्दो रगतको समस्यालाई काठमाडौंको बानेश्वर स्थित वेब होस्ट नेपालका प्रबन्धक निर्देशक तुलसी दाहालले “FIND BLOOD NEPAL” नामक वेबसाईट तयार गरी सञ्चालनमा ल्याउनुभएको छ । उहाँ भन्नुहुन्छ “सुरुवातमा सबै ठाउँका रक्तदाताहरुको अभिलेख अपलोड नहँुदा सबै क्षेत्रमा यसको लाभ लिन नसकिए पनि विस्तारै सबै रक्तदाताहरु जोडिदै जाँदा सहज हुन्छ ।”

    –बिरामीलाई कसरी पाईन्छ रगत ?
    सर्वप्रथम त रगत आवश्यक परेका मान्छेले अनलाईन वेबसाईटमा गएर डाक्टरको सल्लाह बमोजिम माग अनुसारको रगत आवश्यकको विवरण भर्नुपर्ने हुन्छ । विवरण भरिसकेपछि तोकेको ठेगानामा रहेका व्यक्तिहरुलाई रगत आवश्यक्ता सम्बन्धी मोवाईलमा म्यासेज जान्छ । म्यासेजकै आधारमा नजिकै रहेका रक्तदाताहरुबाट बिरामीलाई रगत उपलब्ध हुन्छ । तर यसमा डाक्टरको सल्लाह बेगर वेबसाईटमा रगतको रिक्वाईस्ट नर्गन वेबसाईटका निर्देशक दाहालको अनुरोध छ ।

    Article inline ad #1
  • –रक्तदाताहरुले यसरी जोडिन सकिन्छ वेबसाईटमा ?
    तिर्थब्रत भन्दा ठुलो पुण्य रगतदान गर्नु मानिन्छ । रगतदान गर्नेले कसैको जिवनमरणसँगको सम्बन्धलाई जोगाउँछ । रक्तदाता र समस्यामा परेका व्यक्तिहरुका लागि यो www.findbloodnepal.com वेबसाईट निकै लाभदायी छ । यसमा जोडिन वेबसाईटमा गएर आफ्नो नाम, ब्लड ग्रुप र आफु रहेको ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । तपाईहरु लामो समयका लागि उल्लेख भएको ठेगानाबाट अन्तै जानुपर्ने भए वेबसाईटमा तपाईको ठेगाना पनि परिर्वतन गर्नुपर्नेछ । यसलाई आवश्यकता रहेको क्षेत्रका रक्तदाताहरुको मोवाईलमा म्यासेज जान्छ । यसो गर्दा रगत आवश्यक परेका व्यक्तिहरुले रगत सहज रुपमा प्राप्त गर्नेछन् । वेबसाईटमा रक्तदाताहरुले रगतदान गरेको ३ महिनाको अवधी सम्म ती रक्तदाताहरुलाई सिस्टमबाट निष्क्रिय गराउँछ । तर अन्य रक्तदाताहरुलाई भने एसएमएस मार्फत सुचना प्रवाह हुन्छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button