Above Article Ad
  • सिमरीको भिमसेन मन्दिरमा ३ दिने “महाशिवरात्री कथा महोत्सव” हुने

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५, सिमरी स्थित भिमसेन मन्दिरमा ३ दिने “महाशिवरात्री कथा महोत्सव” हुने भएको छ ।

    शिवरात्रीको अवसरमा मन्दिरको सर्वाङ्गिण विकासका लागि फागुन २४ गते देखि २६ गते सम्म “महाशिवरात्री कथा महोत्सव” आयोजना गरिएको हो ।

    Article inline ad #1
  • कथा महोत्सवको सुरुवाती दिन बिहान ८ देखि १ बजे भित्र शिवलिङ्गको प्राण प्रतिष्ठा कार्यक्रम, दिउँसो १ देखि ५ बजेसम्म कथा महोत्सव उद्घाटन समारोह तथा धार्मिक सांस्कृतिक कार्यक्रम, साँझ ७ देखि १० बजे सम्म कथा प्रवचन तथा भजन किर्तन रहने छ ।

    Article inline ad #2

    त्यस्तै दोस्रो दिन विहान ५ देखि ८ बजे सम्म पाठ परायण, आरती तथा पुजा अर्चना कार्यक्रम, दिउँसो १ देखि ५ बजे सम्म भजन किर्तन धार्मिक सांकृतिक कार्यक्रम, साँझ ७ देखि १० बजे सम्म कथा प्रवचन तथा भजन किर्तन रहने छ । भने अन्तिम दिन विहान ५ देखि ८ बजे सम्म पाठ परायण, आरती तथा पुजा अर्चना कार्यक्रम, विहान ८ देखि ११ बजे सम्म पूर्णाहुती तथा कथा समापन हुनेछ ।त्यसपछि भण्डारा तथा विदाई कार्यक्रम रहने मन्दिर समितिका अध्यक्ष तिर्थराज रानाले जानकारी दिनुभयो ।

    मन्दिर समितिका अध्यक्ष रानाले ३ दिने कथा महोत्सवमा भौतिक तथा आर्थिक सहयोग गरी पुण्य लाभ लिदै कार्यक्रम सफल बनाईदिन श्रद्धालु भक्तजनहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।

    कार्यक्रममा कथा व्यास हरिप्रसाद भट्ट र राष्ट्रिय भजन गायक पुष्पराज जोशी लगायतका विभिन्न बाध्यबाधक कलाकारहरुको सहभागिता रहने अध्यक्ष रानाले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by