Above Article Ad
  • कञ्चनपुरका चार सय ४७ उखु किसानले अनुदान पाएनन्

    Above Article Content Ad
  • कञ्चनपुर: कञ्चनपुरका चार सय ४७ उखु किसानले २ वर्षदेखि अनुदान रकम पाएका छैनन्।

    उखु उत्पादक किसानले वैशाखभित्रै सम्बन्धित स्थानीय तहको कृषि शाखामा दर्ता भइसक्नुपर्ने हुन्छ। असारभित्र क्षेत्रफलसहितको विवरण अनुदान मूल्यांकन समितिमा उपलब्ध हुनुपर्छ। त्यसपछि चिनी मिलमा बिक्री भएको र किसानको खातामा बिक्रीबापत गएको रकम भिडाइन्छ। त्यहीँ दर्ता भएका किसानको क्षेत्रफल पनि हेरिन्छ। त्यसैका आधारमा अनुदान रकम वितरण गर्ने गरिएको छ।

    Article inline ad #1
  • अनुदान मूल्याङ्कन समितले कैलाली र कञ्चनपुरमा प्रतिबिघा आठ सय ८० क्विन्टल उखुको अनुदान दिने निर्णय गरेको छ। तर, कैलाली र कञ्चनपुरमा क्षेत्रफल कम उत्पादन बढी देखिएका कारण समस्या भएको हो। भारतबाट तस्करीको उखुमा पनि अनुदान लिएको आशँकामा रोकिएको हो। भारतबाट ठुलो मात्रामा उखु तस्करी गर्ने र अनुदान लिने गरिएको बेलौरीका किसान हस्तबहादुर रावलले बताएका छन।

    Article inline ad #2

    महाकाली र भागेश्वर गरी दुई वटा चिनी मिलले पाँच वर्षमा एक करोड ९२ लाख ८ हजार ४८४ क्विन्टल उखु उपयोग गरेको तथ्याङ्क छ। यसमध्ये एक करोड ८८ लाख ५ हजार ९७ क्विन्टलको मात्रै अनुदान उपलब्ध गरेको छ। मिलमा उखु क्रसिङ भए पनि पाँच वर्षमा चार लाख २ हजार ५८७ क्विन्टल उखुको २ करोड ८१ लाख ८१ हजार रुपैयाँ अनुदान माग गरिएको छैन। सरकारले चिनी मिलमा क्रसिङ भएको उखुका आधारमा मात्रै अनुदान दिने गरेको छ। जिल्लामा दर्जनभन्दा बढी सानाठूला गुड उद्योग पनि छन्। तिनमा पनि ठूलो मात्रामा उखु क्रसिङ हुन्छ। तर, त्यहाँ उखु बिक्री गर्ने किसानले कुनै अनुदान प्राप्त गर्दैनन्।

    अनुदान वितरण समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले सुरुमा दर्ता भएको र चिनी मिलबाट आउने विवरण मिलेपछि मात्रै भुक्तानी दिन मिल्ने बताए। अहिले यहीँ नमिलेका कारण केही किसानको भुक्तानी रोकिएको उनले बताएका छन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by