Above Article Ad
  • पुनर्वासमा सवारी मर्मतमा झण्डै तीस लाख खर्च

    उपप्रमुख चढ्ने गाडीको मात्रै ६ लाख

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० मा सवारी मर्मत शीर्षकमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको छ । नगरपालिकाले साना तथा ठुला गरी ४८ सवारी साधन मर्मतमा मात्रै २९ लाख ९९ हजार ५ सय ३ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको हो ।

    जसमा नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले चढ्ने सु.प.प्र ०१–००१ झ ३६७ नम्बरको जीपमा दुई लाख ३९ हजार, उपप्रमुख भुलिया रानाले चढ्ने बा २ झ ३०६४ नम्बरको जीपमा ६ लाख ९ हजार १ सय २८ रुपैयाँ मर्मतमा खर्च भएको देखिन्छ । भने, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी चढ्ने से १ झ २३० नम्बरको जीपमा ४ लाख १४ हजार ४८ रुपैयाँ खर्च भएको छ ।

    Article inline ad #1
  • नगर उपप्रमुख रानाले चढ्ने जीप खानेपानी मन्त्रालयले नगरपालिकालाई २०७९ असोज ११ गते गाडी चालु अवस्थामा राख्ने अनुमति दिए पनि मङ्सिर २५ गते मात्रै नगरपालिकालाई हस्तान्तरण गरिएको देखिन्छ ।तर अन्य हलुका र हेवी सवारी साधनको बाह्र महिनाको तुलनामा पनि नगर उपप्रमुख रानाले चढ्ने जीपको दश महिनामा मात्रै डेढ गुणा खर्च बढी भएको स्पष्ट छ । यसै गरी पुनर्वास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शुकदेव रानाले प्रयोग गर्दै आइरहेको म १ब४३९ नम्बरको मोटर साइकलमा वडाको हकमा सबैभन्दा बढी रकम खर्च भएको देखिएको छ ।

    Article inline ad #2

    सो मोटरसाइकलमा ५१ हजार रुपैयाँ खर्च भएको नगरपालिकाको सवारी साधन मर्मत सम्बन्धी अभिलेखमा उल्लेख गरिएको छ । यसै गरी वडा नम्बर ८ का वडाध्यक्ष राना श्रवणले प्रयोग गर्दै आइरहेको मोटरसाइकलमा ४८ हजार ५ सय ,वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापाले प्रयोग गर्दै आइरहेको मोटर साइकलमा ४५ हजार ३ सय,वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले प्रयोग गर्ने मोटरसाइकलमा ३६ हजार ७ सय रुपैयाँ मर्मत खर्च भएको छ ।

    त्यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष पदम रोकायले प्रयोग गर्ने मोटरसाइकलमा ३१ हजार ७ सय ५०, वडा नम्बर ९ का वडाध्यक्ष नर बहादुर वि.क.ले प्रयोग गर्ने मोटर साइकलमा २९ हजार ५ सय, वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले प्रयोग गर्ने मोटर साइकलमा २५ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।

    वडा नम्बर १ का वडाध्यक्ष मोहन लाल रानाले प्रयोग गर्ने मोटरसाइकलमा २२ हजार १ सय रुपैयाँ मर्मतमा खर्च भएको देखिएको छ । वडा नम्बर ४,६ र ७ का वडाध्यक्षले प्रयोग गर्ने मोटरसाइकलको भने मर्मत खर्च उल्लेख गरिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा सवारी मर्मत शीर्षकमा ३० लाख २७ हजार रुपैयाँ खर्च भएको थियो ।


    नगरपालिकाले इन्धनमा सक्यो ३८ लाख बढी
    पुनर्वास नगरपालिकाले एक वर्षमा ३८ लाख बढी रकम पेट्रोल र डिजेलमा खर्च गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले इन्धनको शीर्षकमा ३८ लाख १३ हजार ६ सय ६७ रुपैयाँ खर्च गरेको हो ।

    आर्थिक वर्ष २०७८/०७९ मा ३१ लाख ३५ हजार सो शीर्षकमा खर्च भएता पनि २०७९/०८० मा भने ६ लाख ७८ हजार ६ सय ६७ रुपैयाँ बढी खर्च भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button