Above Article Ad
  • सुदूरपश्चिममा १ हजार ३ सय ६२ जना एचआईभी संक्रमित

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेशमा एक हजार तिन सय ६२ जना एचआईभी संक्रमित भएको पाइएको छ। ५ वर्षको अवधिमा तिन लाख ५६ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा एक हजार तिन सय ६२ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ। आर्थिक वर्ष २०७६/७७ मा १४ हजार ३ सय ९८ जनालाई एचआईभी जाँच गर्दा २ सय ८८ जना एचआईभी सक्रमित भेटिएका छन् भने २०७७/७८ मा ४० हजार ४ सय ४४ जनालाई जाँच गर्दा २ सय ७९ जना एचआईभी संक्रमित भेटिएका थिए ।

    यस्तै २०७८/७९ मा ९१ हजार ४४ जनामध्येलाई जाँच गर्दा ३ सय २५ जना एचआईभी संक्रमित देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै गरी आर्थिक वर्ष २०७९/८० मा एक लाख ४४ हजार ६ सय ४७ र २०८०/०८१ मा ६६ हजार १८ जनालाई जाँच गर्दा २ सय १८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए ।

    Article inline ad #1
  • सुदूरपश्चिमका अधिकांश कामको सिलसिलामा भारत जाने व्यक्तिहरूमा एचआइभी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीका एचआइभी फोकल पर्सन मनोज प्रसाद ओझाले बताए। उनले भने ‘सबैभन्दा बढी कामको खोजीमा भारत जानेहरूमा र उनीहरूको परिवारमा एचआइभी संक्रमण देखिएको छ। थोरै सङ्ख्यामा बच्चाहरूमा देखिएको छ भने केही सङ्ख्यामा ट्रान्सजेन्डरहरूमा पनि एचआइभी संक्रमण देखिएको छ।’ ९ट्रान्सजेन्डर भन्नाले आफ्नो जन्मजात लिङ्गसँग मेल नखाने तर आफ्नो पहिचानअनुसार जीवन जिउने व्यक्तिहरु हुन्०

    Article inline ad #2

    सेती प्रादेशिक अस्पताल धनगढी, टिकापुर अस्पताल, लम्कीचुहा अस्पताल, मालाखेती अस्पताल, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल दार्चुला, जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम, प्राथमिक स्वास्थ्य केन्द्र केसरपुर बैतडी, दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर, जोगबुढा अस्पताल डडेलधुरा र वालपाटा अस्पताल अछाममा एचआईभी सङ्क्रमितहरूको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआईभी फोकल पर्सन ओझाले जानकारी दिए।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by