
पुनर्वासमा नेकपा एमालेबाट पदम पुजाराले पाए मेयर, उपप्रमुखमा सुशिला खत्री
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास–नेकपा एमाले पार्टीले कञ्चनपुरका ९ वटै स्थानीय तहमा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको बताए ।
उनका अनुसार पुनर्वास नगरपालिका नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ का लागि मेयरमा पदम पुजारा र उपमेयरमा सुशिला खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । नेकपा एमाले पार्टीबाट मेयरको उम्मेदवार बनेका पुजारा वि.सं. २०५४ सालदेखि राजनितिबाट उदाएका एक नेता हुन् ।
उनलाई यात्राको सुरुमै पार्टीले तत्कालिन त्रिभुवनबस्ती गाविस–७ को वडाध्यक्षको जिम्मेवारी पाएर जितेका थिए। यसैगरी, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाएको एमाले सुदूरपश्चिमका सचिव पाठकले बताए ।
उनका अनुसार लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बनाउने निर्णय भएको छ । पुनर्वासमा मेयरका उम्मेदवारमा पुजारालाई सिफारिस गरिएको चर्चा भएपछि जनता उनको पक्षमा देखिने अनुमान गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad