
पुनर्वास नगरपालिका-४ कार्यालयद्वारा व्यवसायी सम्मानित
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ वडा कार्यालयले वडा भित्रका व्यवसायीहरुलाई सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच वडा भित्रका ३१ जना आरन व्यवसायी,
व्यवसायिक कृषक, पशुपालन कृषक र सिलाई व्यवसायीहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको हो ।
Article inline ad #1
व्यवसाय गर्दै आएका व्यक्तिहरुको प्रोत्साहन स्वरुप वडा कार्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको वडा सदस्य रेवतीरमण घिमिरेले जानकारी दिए ।
Article inline ad #2
उनले आगामी दिनहरुमा सिपमुलक कार्यक्रमलाई प्राथिमकता दिदै व्यवसायिक रुपमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, बिभिन्न राजनीतिक दलका प्रतिनिधि,कृषक,व्यवसायी लगायतका व्यक्तिहरु सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad