Above Article Ad
  • मेयरको गाडी रोकेर अभद्र व्यवहार गरेको  भन्दै नगरपालिकाको विज्ञप्ति, दोषीलाई कार्वाही गरिने

    Above Article Content Ad
  • पुनर्वास-  कंचनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको भन्दै नगरपालिकाले  विज्ञप्ति जारी गरेको छ ।

    शुक्रबार राती करिब ८ बजेको समयमा घर जादै गरेको अवस्थामा पुनर्वास नगरपालिका-९,ख-गाउँमा स्थानीय हरि बहादुर बोहराले नगर प्रमुख शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको भन्दै शनिबार कार्यपालिकाको आकस्मिक बैठक बसी नगरपालिकाले विज्ञप्ति जारी गरेको हो ।

    Article inline ad #1
  • विज्ञप्तिमा नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ। निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रहि किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेसित गर्ने गरेको समेत थियो। यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने  हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी बाटो खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    Article inline ad #2

    हिजो अबेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले बाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कार्वाहीका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गरिएको नगर प्रवक्ता तुलिसी अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिमा लेखिएको छ ।

    यस विषयमा नगर प्रवक्ता अर्यालसंग कुराकानी गर्दा आज सार्वजनिक बिदा भएका कारण ठाडो निवेदन नगर प्रमुखले प्रहरीमा दिएपनी भोलि (आईतबार) किटानी जाहेरी दरखास्त ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा दर्ता गरिने जानकारी दिए ।

    उनले सामाजिक संजाल फेसबुकमा नगर प्रमुखको चरीत्र हत्या हुने किसिमले अनेकथरी अपशब्द प्रयोग गरि स्टाटस लेख्नेहरुलाई समेत कानुनी दायरामा ल्याईने  बताएका छन्  ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    3
    +1
    5
    +1
    3
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by