Above Article Ad
  • आज तोलामा ११ सय रुपैयाँ घट्यो

    Above Article Content Ad
  • धनगढी- नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो।

    मूल्य घटेसँगै सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ थियो।

    तिहारयता सुनको मूल्य प्रतितोला १५ हजार २ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    Article inline ad #1
  • यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ८० रुपैयाँले घटेको छ। आइतबार ३ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य घटेर सोमबार प्रतितोला ३ हजार ५ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6