Above Article Ad
  • सरकारसँग पुनः वार्तामा बस्नुअघि आन्तरिक छलफलमा शिक्षक महासंघ

    Above Article Content Ad
  •  काठमाडौं- सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ ।

    महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको बताइन् । ‘बैठक बस्दै छौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ उनले भनिन् ।

    Article inline ad #1
  • यसअघि आइतबार राति अबेरसम्म सरकारसँग वर्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा–बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।सेवा–सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् । सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ ।
    आइतबारको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र केही विषयमा कुरा मिल्न बाँकी रहेको बताएका थिए । २८ दिनदेखि शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएको छ ।शिक्षक महासंघको बैठकको समय भने तय हुन बाँकी छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by