पुनर्वासमा राष्ट्रिय विज्ञान दिवसमा विधार्थीहरुको विज्ञान प्रदर्शनी
पुनर्वास–“विज्ञान साक्षरता र उद्यमशिलता,सबल अर्थतन्त्रको आधारशिला” भन्ने नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले पालिका स्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता आयोजना गरेको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा पुनर्वास नगरपालिका–२ स्थित सरस्वति माध्यमिक बिधालयका बिधार्थीहरुले प्रथम स्थान प्राप्त गरेको हो ।
त्यस्तै दोस्रो स्थान पुनर्वास नगरपालिका–५ स्थित गौरी शंकर माध्यमिक बिधलयका बिधार्थीहरु र पुनर्वास नगरपालिका–६ स्थित सिद्धार्थ पब्लिक स्कुलका विद्यार्थीहरुले तृतिय स्थान प्राप्त गरे । भने पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीका बिधार्थीहरुले सान्त्वना प्राप्त गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख शिवराज भट्टले जानकारी दिए ।
बिधार्थीहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको प्रतियोगितामा विभिन्न व्यक्तित्वहरुको उपस्थितीेसँगै निजि तथा सामुदायिक बिधालयका बाह्र बिधालयको सहभागिता रहेको थियो ।