
पुनर्वासको जनता क्याम्पसमा अनेरास्ववियुले मनायो संविधान दिवस
Above Article Content Ad
पुनर्वास–बुधबार देशभरका सरकारी कार्यालय, संघसंस्था,राजनितिक दल लगायत नागरिक समाजले संविधान दिवस मनाएको छ ।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित जनता बहुमुखी क्याम्पसमा एमाले निकट बिधार्थी संगठन (अनेरास्ववियु)ले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।
अनेरास्ववियु पुनर्वासका अध्यक्ष नन्दराज जोशीको नेतृत्वमा क्याम्पसमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्रसिँह लामा लगायत बिधार्थी नेताहरुको उल्लेख्य सहभागिता थियो ।
Article inline ad #1
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । जसमा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad