Above Article Ad
  • कञ्चनपुरमा भन्सार छलीका सामानसहित ९ जना महिला पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामानसहित ९ जना महिला पक्राउ परेका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी, किराना लगायतका सामानसहित ९ जना पक्राउ परेका हुन्।

    Article inline ad #1
  • पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१० बस्ने ३२ वर्षकी ज्योती डगौरा, २४ वर्षकी सोनु डगौरा, २० वर्षकी नेहा चौधरी, भीमदत्त नगरपालिका–२ बस्ने ३५ वर्षकी तारा कुँवर, ४० वर्षकी भावना चन्द, भीमदत्त नगरपालिका–८ बस्ने ३५ वर्षकी लक्ष्मी नेपाली, भीमदत्त नगरपालिका–१९ बस्ने २४ वर्षकी पशुपती धामी, ४० वर्षकी बिमला चन्द र ३५ वर्षकी मिना धामी रहेका छन्।

    Article inline ad #2

    यी ९ जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी पक्राउ गरेको जनाएको छ। पक्राउ परेकालाइ आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी, कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6