Above Article Ad
  • पुनर्वास नगरपालिकाबाटै ओझेलमा परे शहिद गोविन्द गौतम,माल्यार्पण कार्यक्रममा खादा ओढाएर सम्मान

    Above Article Content Ad
  • पुनर्वास–वि.सं. २०७३ फागुन २६ गतेका दिन भारतीय ज्यादतीका विरुद्ध नेपाली भूमी रक्षार्थ प्राण आहुती दिएका शहिद गोविन्द गौतम ओझेलमा पर्न थालेका छन् ।

    सोमबार परेको शहिद गौतमको आठौं स्मृतिमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले राज्यबाट घोषित शहिदको शालिकमा माल्यार्पण भन्दै खादा लगाएर अपमान गरेको छ ।

    Article inline ad #1
  • पुनर्वासकै भूमी रक्षाका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागि आफ्नो प्राण आहुती दिएका शहिद गोविन्द गौतमको परिवारले समेत शहिदको अपमान भएको बताएका छन् ।

    Article inline ad #2

    नगरपालिका कार्यालयले बिशेष रुपमा मनाउनुपर्ने शहिद गौतमको स्मृति दिवसलाई खुसुक्क लुकेर कार्यक्रम गरेको प्रति शहिद परिवारले शहिदको अपमान हुनेगरी कार्यक्रम आयोजना गरेको बताएका हुन् ।

    पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैशीको अध्यक्षतामा आयोजना गरिएको आठौँ स्मृति दिवसमा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाले शहिदको शालिकमा खादा लगाएर श्रद्धाञ्जली दिएकी हुन् ।

    उनले आजको दिनलाई हामीले बृहत रुपमा मनाउनुपर्ने भएपनि उपस्थित निकै न्यून रहेको प्रति आफुलाई समेत दुःख लागेको बताईन ।
    आगामी स्मृति दिवसहरुलाई विशेष रुपमा मनाई शहिद गौतमको सपना पूरा गर्नका लागि पालिकाले गर्नसक्ने विषयमा हामी अग्रसर रहने जानकारी दिईन ।

    कार्यक्रममा पत्रकार केशव भट्टराईले घटनाको स्मरण गराउँदै पुनर्वास नगरपालिकाले शहिद गोविन्द गौतमको सपना पूरा गर्न नसकेको बताए । उनले पालिकाले गर्न मिल्ने भए शहिदको परिवारका लागि कोषको अवधारण गर्नसके अझै राम्रो हुने जानकारी दिए ।

    त्यस्तै,पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैशीले शहिद प्रति हार्दिक श्रद्धाञ्जली दिँदै नगरपालिकाले यस कार्यक्रममा चासो नदिएकोले सामान्य रुपमा मनाएपनि र आगामी कार्यक्रममा वडाबाटै ४०÷५० हजार बजेट विनियोजन गरी कार्यक्रम मनाउने योजना रहेको बताए ।

    वडा सदस्य रेवती घिमिरेले सञ्चालन गरेको स्मृति सभामा स्थानीय समाजसेवी कासीराम बिष्टले स्वागत मन्तव्य दिएका थिए ।
    कार्यक्रममा शहिदको शालिकमा खादा लगाएपछि शहिदका बुवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    सीमा नजिकै कल्वर्ट विवादमा सहादत प्राप्त गरेका शहिद गौतमकी तीन छोरीहरुको शिक्षाका लागि पुनर्वास नगरपालिकाले खर्च व्यहोर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by