Above Article Ad
  • कैलालीको गोदावरीमा भयानक दुर्घटना, ३ जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी – कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

    शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्काे मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

    Article inline ad #1
  • दुर्घटनामा धनगढी उपमहानगरपालिका -२ सन्ताेशी टाेल बस्ने २२ वर्षीय हरिश ओली,  गाैरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय याेगेन्द्र शाह र गाेदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय  हरि पार्कीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् ।

    उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ । दुई माेटरसाइकल आपसमा कसरी ठाेक्किएका थिए ? भन्ने कुरा यकिन भने भइनसकेकाे प्रहरीले जनाएको छ ।

    मृतक र घाइते काे कुनमा सवार थियाे ? भन्ने कुरा पनि नखुलेको प्रहरीकाे भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    5
    +1
    3

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by