
पहिरोले घर पुरिँदा बैतडीमा आमा छोराको मृत्यु
Above Article Content Ad
बैतडी ।बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Article inline ad #1
घटनामा मृतक अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका छन् । उनीहरूको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
Article inline ad #2
पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै केही पशुचौपाया पनि मरेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
1
+1
1
Below Article Content Ad