Above Article Ad
  • यस्तो छ पुनर्वास नगरपालिकाको एक वर्षे प्रगति समिक्षा

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले गत आर्थिक वर्ष २०७९/ ८० मा ५ हजार ९ सय मिटर पिच गरेको जनाएको छ । पुनर्वास नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को संक्षिप्त समिक्षा, चालु आर्थिक वर्षका योजनाको प्रभावकारी कार्यान्वयन एवं आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि तीन वटै तहका जनप्रतिनिधिहरू एवं सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरपालिकाले एक वर्षे प्रगति समिक्षा सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाका ११ वटै वडामा जम्मा १५ हजार ७ सय २६ मिटर बाटो ग्रावेल सम्पन्न गरेको जनाएको छ ।

    यस्तै कुल २ हजार ७ सय ३५ मिटर ग्राभेल सडक मर्मत भएको जनाएको छ । यस्तै ११ वटै वडाहरूमा ३५ वटा मन्दिर,गुम्बा,चर्च,चाराई टहरा,दिव्य धाम आदीमा विभिन्न भौतिक संरचनाहरू निमार्ण भएको जनाएको छ । यस्तै २४ वटा विद्यालयका विभिन्न भौतिक संरचनामा भवन शौचालय खानेपानी पर्खाल तार जाली आइटी लगायतका विभिन्न संरचना निमार्ण भएको योजना शाखा प्रमुख शङ्कर बोगटीले बताए । यस्तै विभिन्न सामुदायिक स्थलमा नल्का ट्वाइलेट निमार्ण गरेको छ भने तीन वटा डिप टयूवेल मर्मत तथा पाइप विस्तार गरेको छ । तीन वटा सामुदायिक वनमा तार जाली निमार्ण र वडा नम्बर १० को सिमानामा तार जाली निमार्ण गरेको छ । यस्तै चार वटा विओपी क्याम्पको भौतिक संरचनामा सहयोग र विभिन्न ठाउँमा चौतारा निमार्ण गरेको नगरपालिकाले आफ्नो आयोजनाको प्रगति समिक्षामा राखेको छ ।

    Article inline ad #1
  • यस्तै हालसम्म ७४३ भूमिहीन दलित ८२१ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी ६ हजार ४ सय १२ गरी ७ हजार ९ सय ७६ को फाराम अनलाइन इन्ट्री भएको जनाएको छ भने नगरपालिकाको वडा नम्बर ९,८,७,६ र ५ को केही विवादित बाहेकहरु सबै नाप जाँच भएको जनाएको छ । नगरपालिकाले शीत भण्डार निमार्ण ठेक्का भएको कुल ठेक्का रकम ८ करोड २४ लाख ७९ हजार १८८ मा सम्झौता भएको र हालसम्म जम्मा ७२ लाख पेश्किी लगेको र ७ करोड ५६ लाख ७९ हजार १८८ रकमको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने जनाएको छ । गत आर्थिक वर्षमा १६८ उपभोक्तासँग सम्झौता भई आयोजनाहरू सम्पन्न भएको जनाएको छ ।

    Article inline ad #2

    यस्तै ८१ वटा कार्यक्रम सोझै खरिद प्रक्रियाबाट सम्पन्न भएको जनाएको छ । यस्तै नेपाल सरकारका सशर्त अनुदानका समेत गरेर जम्मा ३० वटा ठेक्का सम्झौता भएका १८ ठेक्काको म्याद थप गर्नुपर्ने भएको छ भने १२ वटा ठेक्काको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा नगर सभाद्वारा ८२ करोड २४ लाख ४ हजार बजेट बिनियोजन गरेकोमा आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा सङ्घीय तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा अनुदान थप भई जम्मा ८६ करोड ६४ लाख ५८ हजार बजेट ल्याएको थियो । नगरपालिकाको क्षेत्रगत प्रगति समिक्षा हेर्ने हो भने आर्थिक विकासमा ५ करोड ५९ लाख ६६ हजार ४ सय ८४ बजेट ल्याएकोमा ७६.४८ प्रतिशत अर्थात् ४ करोड २७ लाख ९९ हजार ४ सय ३५ रुपैयाँ खर्च भएको जनाएको छ ।

    यसै गरी सामाजिक विकासतर्फ ३३ करोड ६६ लाख ७५ हजार१ सय ७२ रुपैयाँ बजेट ल्याइएकोमा ८६.२७ प्रतिशत अर्थात् २९ करोड४ लाख ५६ हजार ५ सय ४० खर्च गरेको हो । २४ करोड २४ लाख ९४ हजार ४ सय ७६ बजेट ल्याएको पूर्वाधार विकासले ६६.२ प्रतिशत अर्थात् १६ करोड ५ लाख६३ हजार ७ सय ६२ खर्च गरेको नगरपालिकाले जनाएको हो । सुशासन तथा अन्तरल सम्बन्ध तर्फ २ करोड ९९ लाख २८ हजार ९ सय ९८ रुपैयाँ बजेट ल्याइएकोमा २ करोड ४९ लाख ४ हजार ७५ अर्थात् ८३.२१ प्रतिशत खर्च गरेको छ ।

    आर्थिक वर्ष २०७९/८०मा नगरपालिकाले कार्यालय सञ्चालनमा २० करोड १४ लाख ३ हजार ८ सय ७० बजेट पाएकोमा १४ करोड ८३ लाख ९८ हजार ६ सय ७५ अर्थात् ३.९९ प्रतिशत खर्च गरेको जनाएको छ । यसरी हेर्दा नगरपालिकाले ८६ करोड ६४ लाख ५८ हजार कुल बजेटको ६६ करोड ७१ लाख २२ हजार ४ सय ८९ अर्थात् ७६.९९ प्रतिशत खर्च गरेको हो । समिक्षा कार्यक्रममा कञ्चनपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया,नगरपालिकाका निवर्तमान मेयर र उपमेयर लगायतको उपस्थिति रहेको थियो । उनीहरूले यस क्षेत्रको विकास गर्नको लागि सबैले एक जुट हुनुपर्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button