Above Article Ad
  • पुनर्वासको जीवनज्योती माबिद्धारा ३ कक्षा सम्मका एकसय विद्यार्थीलाई निशुल्क झोला बितरण

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा रहेको एक बिद्यालयले बालकक्षा देखी ३ कक्षा सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा स्कुल झोला बितरण गरेको छ । पुनर्वास–६ ङ गाउँमा रहेको श्री जीवनज्योती माध्यामीक बिद्यालयले एक सय जना विद्यार्थीहरुलाई झोला बितरण गरेको बिद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले जानकारी दिनुभयो । बिद्यालयको आफ्नो स्रोत र सहयोगीहरु मिलेर झोला बितरण गर्न पाउँदा आफु निकै खुशी भएको उहाँले बताउनुभयो । बिद्यार्थीहरुलाई हौसला, उत्प्रेरणका लागी झोला वितरण गरीएको उहाँ बताउनुहुन्छ ।नयाँ शैक्षिकसत्रको सुरुवाती समय भएकाले पनी झोला बितरणले बिद्यार्थीका अभिभाबकहरुलाई केही भएपनी सहुलीयत मिलेको पुनर्वास ६ का वडाध्यक्ष मित्र सिंह लामाले बताउनुभयो । बिद्यार्थीहरुले नयाँ पाठ्यपुस्तक प्राप्त गरेको र अव नयाँ झोला पाउँदा किताबको जतन हुने, र अभिभाबकले नयाँ झोला किन्न नपर्ने उहाँले बताउनुभयो । झोला बितरणमा सहयोग गर्नुहुने सम्पुर्णमा उहाँले धन्यबाद ब्यक्त गर्नुभयो ।पहिलो चरणमा बालकक्षा देखी ३ कक्षा सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा स्कुल झोला बितरण गरेको र सहयोगी हातहरु जुटेमा अन्य कक्षाहरुममा पनी झोला, स्टेशनरी लगायत बिद्यार्थीलाई आवश्यक सामाग्रीहरु बितरण गर्ने योजना रहेको बिद्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button