Above Article Ad
  • सुदूरबासीलाई सरकारले नै उपेक्षा गरेको सांसद तामाङको भनाइ 

    Above Article Content Ad
  • पुनर्वास ।  कन्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सांसद तारा लामा तामाङले आर्थिक बर्ष २०८०र८१ को बजेट राम्रो नहरेको बताउनुभयो। उहाँले आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नयाँ बजेट दिशाहिन, खस्किदो अर्थतन्त्र उकासिने खालको नभएको बताउनुभयो ।

    आर्थिक बर्ष २०८०/८१ को बजेटले धेरै विषयबस्तु समेटन नसकेको बताउदै, किसानमुखी, श्रमजिबीमुखी र संविधान प्रद्द्त समाजबाद उन्मुख नरहेको सासद तामाङले बताउनुभयो ।उहाँले नीति तथा कार्यक्रममा बोलिएको विषयलाई बजेटमा नसमेटिएको बताउदै सुदूरपश्चिमबासीलाई सरकारले नै उपेक्षा गरीरहेको बताउनु भयो ।

    Article inline ad #1
  • अहिले गेटामा अवस्थित गेटा मेडिकल कलेजको विषयलाई लिएर सुपबासी आन्दोलित रहेको समेत उहाँले बताउनुभयो । सरकारले जनता आगाडी एउटा कुरा गर्ने अनि बजेटमा अर्को कुरा गर्ने गरेको बाताउदै गेटामा निर्माण भएको अर्बौं लागानिमा बनेका भवनहरु प्रयोगबिहिन हुने अवस्था सिर्जना भएको प्रती सासद तामाङले दुस्ख व्यक्त गर्नु भयो ।

    Article inline ad #2

    उहाले प्रधानमन्त्रीले बोलेको अनुरुप काम गरे केही भएपनी सुपबासिलाई न्याय हुने उहाले तर्कगर्दै सरकार संग जवाफ माग गर्नुभयो । यस्तै सासदमा बोल्दै सासद तामाङले कंचनपुरका आरक्ष पीडितहरुलाई पटक-पटक गरेर सरकारले नै ढाटीरहेको बताउदै यसपालीको बजेटले समेत उनिहरुलाई नसमेटेको प्रती सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    उहाँले दैजीछेला औद्योगिक क्षेत्रको बिकासका लागि बजेट नछुट्टाएको भन्दै आपती जनाउनुभयो । यस्तै सहकारीको क्षेत्रमा समेत बजेट नभएको उहाले बताउनुभयो । उहाले वैदेशिक रोजगारको सवालमा महिला दिदिबहिनीहरुलाई रोजगारीमा पठाउने रनपठाउने स्पष्ट नीति कार्यान्वयन गराउन समेत सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by