Above Article Ad
  • आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्न सांसद तामाङद्वारा सरकारलाई ध्यानाकर्षण, सरकारले झुट बोलेको प्रती आपत्ति

    Above Article Content Ad
  • केशव भट्टराई, पुनर्वास । कन्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

    उहाँले प्रतिनिधि सभाको बिहिवारको बैठकमा शून्य समयमा बोल्दै आरक्ष पीडितकोहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
    संसदमा बोल्दै प्रतिनिधिसभा सदस्य तामाङले पीडितहरु महिना दिन देखि राजधानीमा भौतारिरहेको बताउदै आफुले हरेक पटक संसदमा कुरा उठाएको भएपनी सरकारले चासो नदिएको बताउनुभयो ।

    Article inline ad #1
  • उहाले, ’संसदमा कुरो उठाएको उठायै छु, सरकारले गर्छु मात्र भन्ने तर आफ्नो क्षेत्रका आरक्ष पीडितहरुको वर्षौ देखिको समस्या समाधानका लागि केही प्रगति नभएको बताउनुभयो।’

    Article inline ad #2

    नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भन्ने आश गरेर पीडितहरु काठमाडौं आएको तर महिना दिन पुग्न थालिसकेको बताउदै सांसद तामाङले, ‘सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ?’ भन्दै प्रस्न गर्नुभयो ।

    तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित परिवारको अझै पुन:स्थापना हुन सकेको छैन। उनिहरु सडक र नदी किनारमा अस्थायी टहरा बनाएर बसिरहेका छन्। आरक्ष पीडित संघर्ष समिति मार्फत आन्दोलन गरिरहेका आरक्ष पीडितहरु काठमाडौमा सांसद, मन्त्री र प्रधानमन्त्रीसँग भेट गरिरहेका छन्। तर उनीहरुको समस्या समाधानमा सरकारले नै चासो नदेखाएको प्रती सांसद तामाङले दु:ख व्यक्त गर्नुभयो ।
    त्यस्तै बिहीवार चलेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सासद तामाङले कञ्चनपुरको छोटी भन्सार कार्यालय निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाले ‘प्रधानमन्त्रीज्यूले जहिले पनि बन्छ , बन्छ भन्नुहुन्छ, तर अहिलेसम्म नबनेकाले राजस्व चुहावट भइरहेको बताउदै यो कहिले बन्छ, उहाले सरकारलाई प्रश्न गर्नुभयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by