Above Article Ad
  • अपाङ्ग, असहाय देखि वैदेशिक रोजगारीमा फसेका युवाहरूको सहारा हुन् कांग्रेसका गोपी प्रसाद उपाध्याय

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को कांग्रेस राजनीतिमा गोपी प्रसाद उपाध्याय कुनै नौलो नाम होइन। विद्यार्थी जीवनदेखि नै समाजसेवामा सक्रिय उपाध्यायले करिब तीन दशक आफ्नो जीवन समाज रूपान्तरणका लागि समर्पित गरेका छन्।

    उनी कांग्रेसका एक प्रतिबद्ध नेता मात्र होइनन्, कञ्चनपुरका अपाङ्ग, असहाय, गरिब तथा वैदेशिक रोजगारीमा फसेका युवाहरूका लागि आशा र भरोसाका सारथीका रूपमा समेत चिनिन्छन्।

    Article inline ad #1
  • बेलौरी नगरपालिका–१० शिवनगरको एक साधारण तथा गरिब परिवारमा जन्मिएका उपाध्याय सानैदेखि मेहनती, इमानदार र सहयोगी स्वभावका थिए।

    Article inline ad #2

    बाल्यकालमै बुवाको निधन भएपछि आमा, दुई भाइ र एक बहिनीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो। अभाव र जिम्मेवारीका बीच हुर्किए पनि उनले परिस्थितिसँग हार मानेनन्। पारिवारिक समस्या जति गहिरा भए पनि अध्ययनप्रति उनको लगाव कमजोर भएन। अरूका दुःखमा आफ्नो पीडा सम्झिँदै उनी विद्यार्थी जीवनकालदेखि नै सामाजिक कार्यमा अग्रसर भए।

    वि.सं. २०५८ मा महेन्द्रनगरस्थित सिद्धनाथ साइन्स क्याम्पसबाट विज्ञान संकायमा स्नातक तह उत्तीर्ण गर्न सफल भएपछि उनको सफलताले परिवार र आफन्तमाझ मात्र होइन, समाजमै सकारात्मक सन्देश प्रवाह गर्‍यो।

    अध्ययन पश्चात्  उनी समाज रूपान्तरणको स्पष्ट लक्ष्यसहित पूर्ण रूपमा सामाजिक तथा राजनीतिक यात्रामा समर्पित भए।

    त्यतिबेला विज्ञान विषयका शिक्षकहरूको उच्च माग थियो। योग्यता र अवसर दुवै हुँदाहुँदै पनि उनले सुरक्षित रोजगारीको बाटो रोजेनन्। बरु समाजमा देखिएका विकृति, विसङ्गति, अन्याय र आफ्ना क्षेत्रमा देखिने हरेक समस्याको वकालत गर्दै समाधानतर्फ अघि बढे। यही निस्वार्थ भावनाले उनलाई आम मानिसको नजिक पुर्‍यायो।
    लामो समयसम्म समाजसेवामै केन्द्रित उपाध्यायले आमाको आग्रहपछि उमेरको झन्डै चार दशक नजिक पुग्दा विवाह गरे। आज पनि उनको प्राथमिकता व्यक्तिगत सुविधा होइन, समाजका असहाय, गरिब र पीडितहरूकै सेवा हो।

    सामाजिक कार्यमा सक्रिय रहँदा उनले जात, धर्म, लिङ्ग, सम्प्रदाय वा राजनीतिक आस्थाको आधारमा कहिल्यै भेदभाव गरेनन्। उनीमा थियो त केवल सामाजिक उत्तरदायित्व र मानवीय भावना। यही स्वभावका कारण उनले पार्टीभित्र पनि पटक–पटक जिम्मेवारी पाउँदै आएका छन्। पद र सत्ताको लोभभन्दा जिम्मेवारीप्रतिको इमान्दारिता उनको पहिचान बन्यो। त्यसैले उनी कांग्रेसभित्र एक इमान्दार, सरल र मिलनसार नेताका रूपमा परिचित छन्।

    राज्य सत्तामा नहुँदासमेत उनले वैदेशिक रोजगारीमा फसेका दर्जनौँ युवाहरूको उद्धार गरी स्वदेश फर्काएर परिवारको जिम्मा लगाएका छन्। अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूलाई घर–घरमै पुगेर ह्वीलचेयर वितरण, औषधि सहयोग, युवाक्लबहरूलाई खेलकुद सामग्री वितरणलगायत थुप्रै सामाजिक कार्यमार्फत उनले समाजमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

    उनका यस्ता निस्वार्थ सेवाभाव र निरन्तर संघर्षले जनतामा कांग्रेस नेता गोपी प्रसाद उपाध्यायप्रति ठूलो आशा र भरोसा जन्माएको छ। यही विश्वासका आधारमा उनले पार्टीको जिम्मेवारीअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि माघ २६ गते उम्मेदवारी दर्ता गराएका छन्।

    उम्मेदवारी दर्तापछि उपाध्यायको चर्चा जनस्तरमा झनै बढ्दो देखिन्छ। उनका प्रतिस्पर्धी उम्मेदवारहरू कोही राज्यसत्ताको स्वाद चाखिसकेका त कोही अवसर खोज्दै दौडधुपमा रहेका छन्। तर उपाध्याय भने जनताको दुःख–सुखसँग जोडिएको आफ्नो पुरानो यात्रालाई नै मुख्य आधार बनाएर जनमत बटुल्ने प्रयासमा छन्।

    निस्वार्थ सेवा, इमान्दार राजनीति र समाजप्रतिको गहिरो प्रतिबद्धताले गोपी प्रसाद उपाध्यायलाई कञ्चनपुर–१ का मतदाताबीच एक भरोसायोग्य विकल्पका रूपमा उभ्याएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by