
स्वर्गद्वारीबाट फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना
Above Article Content Ad
२९ जेठ, प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।
Article inline ad #1
दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको प्रहरीले जनाएको छ ।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पतालबाट आएपछि नै थाहा हुन्छ ।’
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad