पुनर्वास नगरपालिकाको मुलढोकामै शिक्षकहरुको धर्ना
देशव्यापी रुपमा चर्किरहेको शिक्षकहरुको आन्दोलन बुधबार पनि यथावत थियो । संघिय राजधानीमा सरकारका विरुद्धमा गरिएको आन्दोलनलाई ऐक्येवद्धता जनाउँदै पुनर्वास नगरपालिकाका शिक्षकहरुले पनि नगरपालिकामा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ६ बुँदे सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
चर्को नाराबाजी सहित पुनर्वास नगरपालिकाको मुलढोकामै ब्यानर टाँगेर पुनर्वास भरीका राहत शिक्षक बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले दुई दिन देखि धर्ना दिँदै आएका छन् ।
धर्ना कार्यक्रममा सहभागी नमुना रामजी बिधालयकी प्रधानाध्यापक तथा राहत शिक्षक सुदुरपश्चिम प्रदेशकी महिला उपाध्यक्ष कुसुम न्यौपानेले सरकारले आफ्ना समस्याहरुलाई मध्यनजर नगर्दा आन्दोलनमा उत्रिनुपरेको बताईन् । बिधालयहरुमा स्थायी शिक्षकहरुबाट आंशिक पठनपाठन हुँदै आएको र बिधार्थीहरुका लागि हामी बिदाका दिनमा समेत पठनपाठनमा जोड दिने उनको भनाई छ ।
त्यस्तै पुनर्वास नगरपालिका–११ राष्ट्रिय माध्यमिक बिधालयका बालबिकास शिक्षिका कमला पौडेलले धेरै वर्षदेखि आफुहरुले संघर्ष ग¥यौ । पाँच सय तलबबाट बिधालयका संरचनामा ल्याई कक्षा एकमा जाने तयारी वातावरण मिलाएको बताईन ।
उनले प्राबि सम्म अध्ययन गराउदै आएका छौँ । त्यै अनुसारको सेवा सुविधा पाउनुपर्छ ।उमेर ढल्केका साथीहरुलाई सम्मान तरिकाले गोल्डेन चेक सहित बिदा गरोस हाम्रो माग हो । उनले भनिन्,
त्यसैगरी, पुनर्वास नगरपालिका–११ राष्ट्रिय माध्यमिक बिधालयका राहत शिक्षक विजय उपाध्यायले राजधानी जान नसकेका साथीहरु हिजो देखि पालिकामा धर्ना दिँदै आएको बताए ।
“संघिय शिक्षा ऐनमा केवल शिक्षकका समस्या मात्रै हैन, शिक्षा नितिका समस्या,विधालय भौतिक पुर्वाधारका समस्या,बिधालयमा शिक्षक दरबन्दी लगायतका अनेकौं समस्याहरुको समाधान मुख्य कुरा हो ।”उनले भने, “हामी शिक्षक र बिधार्थी भनेको एकअर्काका परिपुरक हौ । बिधार्थीलाई राम्ररी पढाउनका लागि पहिला शिक्षक प्रेशस फ्रि हुन जरुरी छ ।”
उनीहरुले यतिबेला आफ्नो मागलाई सम्बोधन गराउने संघर्षका कार्यक्रमका कारण बिधार्थीहरुको पठनपाठनमा समेत अवरुद्ध हुन पुगेको हो । पुनर्वास नगरपालिकामा मात्रै ८७ जना राहत शिक्षक, ५६ जना बालबिकास शिक्षक र ४६ जना कर्मचारी शिक्षक छन् तर यस विषयमा सरकारले निकासको कदमलाई आंशिक सम्बोधन गर्दा अझै देशभरका शिक्षकहरुको आन्दोलन चर्किदो छ ।